नुवाकोट – विदुर नगरपालिका–२ टुडीखेल स्थित एक खोरमा आगलागी हुँदा नौ बाख्रा जलेर मरेका छन् ।
सोमबार बिहान स्थानिय अच्युतराज भण्डारीको बाख्राको खोरमा आगलागी हुँदा खोरसहित चार खसी, तीन बाख्रा र अन्य पाठापाठी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
आगलागीका कारण खसी, बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा करिब चार लाख बराबरको क्षति भएको सञ्चालक राजभण्डारीले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया