+
Search

ताजा अपडेट +

पपुलर +

कोका–कोला खरिद गर्दा २५० मिलिलिटर निःशुल्क

Coca-Cola and meals offer 2024
डबली खबर
२ साल अगाडी

काठमाडौँ – कोका-कोला कम्पनीले उपभोक्ताहरूको लागि विशेष योजना ल्याएको छ । कम्पनीले घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने लक्ष्यसहित योजना ल्याएको जनाएको छ ।

कम्पनीले योजनाअन्तर्गत २.२५ लिटर र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका-कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रबर्द्धन योजना कोक एण्ड मिल्स योजनाको एक हिस्सा भएको बताइएको छ ।

यो अफरले कोका-कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका-कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ-नयाँ योजनाहरु ल्याउँदै आइरहेको छ ।

योजनामार्फत् उपभोक्ताहरूले कोका-कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ