+
Search

ताजा अपडेट +

पपुलर +

१२१ वर्षीया बाटुलीको निधन

121 years old woman batuli lamichhane died
डबली खबर
२ साल अगाडी

नुवाकोट – ककनी गाउँपालिका वडा नम्बर ८ की १२१ वर्षीया बाटुली लामिछानेको शुक्रबार निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको बाटुलीको परिवार स्रोतले जनाएको छ ।

पछिल्लो सातादेखि बाटुलीलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बाटुलीको इच्छाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुलीको जन्म विसं १९५९ चैत १० गते भएको थियो । बाटुलीले २०७० वैशाख २४ गते मात्र नागरिकता लिएका थिए ।

बाटुलीले विश्वकै वृद्धा महिलाको नाममा वर्ल्ड रेकर्ड अभिलेखीकरण कार्यमा नेपाल सरकारले ढिलाई गरेकै कारण विश्व पहिचान गुमाईकी छिन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ