+
Search

ताजा अपडेट +

पपुलर +

म्हेन्दोमाया तथा साइकोले प्रतियोगिता हुने

डबली खबर
२ साल अगाडी

नुवाकोट – म्यागङ गाउँपालिकाको आयोजनामा ‘गाउँपालिकास्तरीय म्हेन्दोमाया तथा साईकोले प्रतियोगिता हुने भएको छ।

‘हाम्रो साँस्कृति, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथमा स्थानीय मौलिक कला र संस्कृतिको सम्मान गर्न गाउँपालिकाले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसहित डम्फु र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आगामी पौष ३ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा यहि मंसिर ३० गतेसम्म समूह दर्ता गरिसक्नुपर्ने छ।

प्रतियोगिताका एक समुहमा बढिमा १२ जनासम्म राख्न पाइनेछ भने सबैले मौलिक पोशाक लगाउनुपर्नेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ