+
Search

ताजा अपडेट +

पपुलर +

ग्लाेबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पाेखरेल नियुक्त

Suman Pokhrel
डबली खबर
२ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आईतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसंग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसकेका थिए ।

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ