+
Search

ताजा अपडेट +

पपुलर +

डिपार्टमेन्ट स्टोरमै म्याद नाघेका वस्तु बिक्री

sujim bajar trishuli
डबली खबर
२ साल अगाडी

नुवाकोट – त्रिशुलीस्थित सुजिम बजार डिपार्टमेन्ट स्टोरमा म्याद नाघेका अखाद्य वस्तु बिक्री गरिएको पाईएको छ।

बिहिबार स्थानीयले आलुको चिप्सको साथै अन्य खाद्य सामाग्री किनेका थिए । उनले भने “घर पुगेर चिप्स खाना लाग्दा मात्र देखें, दुई दिन अघिनै म्याद गुज्रिएको आलु चिप्स रहेछ ।”

विन्दवासिनीको केपीटि पोटाटो चिप्सको उत्पादन मिति ११ अप्रिल, २०२३ रहेको मितिले तीन महिनामा उपभोग गर्न हुने लेखिएको छ । आज १३ जुलाई हुदाँ पनि चिप्सलाई तोकिएको मुल्य भन्दा १० रुपैयाँ कम मुल्यमा छुट दिएर बिक्री गरेको छ ।

यस्तै, अर्का स्थानीयले खरिद गरेको सोमर्सबी जुसको लेखिएको मूल्य भन्दा बढी १० रुपैयाँ लिईएको छ ।

customer bill

बजारबाट खाद्यवस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, उत्पादक कम्पनीलगायत राम्ररी हेरेरमात्रै खरिद गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको आग्रह गरेको छ ।

सरकारले गुणस्तरहीन खाद्यवस्तु बिक्रीवितरणलाई निरुत्साहित गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन ल्याएको थियो। ऐनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई अर्धन्यायिक अधिकार दिएको छ। ऐनले विभागलाई अखाद्य वस्तुको कारोबार गर्नेलाई थुनामा पठाउन सक्ने अधिकार दिएको छ। ऐनमा कसुरका आधारमा जरिवानासहित तीन महिनादेखि एक वर्षसम्म कैद सजाय तोक्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ