+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा योगाभ्यास, प्रभातफेरी र वृक्षारोपण

9th international yoga day celebrated in nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोटमा योगाभ्यास, प्रभातफेरी र वृक्षारोपण गरी नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पतञ्जली योग समिति, युवा समिति र महिला पतञ्जली योग समिति नुवाकोटको संयुक्त आयोजनामा सप्ताहव्यापी योग जागरण अभियान अन्तर्गत जिल्लाभरका नागरिक आरोग्य सेवा केन्द्रद्वारा बिभिन्न कार्यक्रम गरी योग दिवस मनाईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।

योग दिवसको अवसरमा बट्टारदेखि सदरमुकाम विदुरको लोकतान्त्रिक चौतारासम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा आयुर्वेद स्वास्थ्य चिकित्सा, योग अभियन्ताहरू प्रशासक र जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रभातफेरीमा “कपाल भाती जीवन साथी”, “गहुत र गोबर खेतमा, शुद्ध अन्न पेटमा”, “सिकौं योग र प्राणायाम आउँछ सधैं काम”, “घर घरमा योग सधै रहौं निरोग” जस्ता प्लेकार्ड देखाईएको थियो ।

दिवसको अवसरमा सशस्त्र प्रहरी बल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटमा एक हप्ते र विदुरमा १५ दिवसीय योगाभ्यास गराईएको पतञ्जली योग समितिका सदस्य सजनकुमार श्रेष्ठ जानकारी दिए । दियो पाठशाला मन्टेश्वरी, पृथ्वी माध्यमिक विद्यालय, सुन्दरा मावि लगायत जिल्लाका अन्य विद्यालयका विद्यार्थीहरुलाई एक दिने योगाभ्यासका विभिन्न पद्धति गराईनुको साथै तथा योग मन्त्र उच्चारण गराईएको उनले जानकारी दिए। साथै नियमित योग ध्यान र प्राणायामका फाइदाका विषयबारे चर्चा गरिएको थियो ।

यसैगरी, पतञ्जली त्रिशुली योग उपसमितिको आयोजनामा त्रिशुली नदीको किनारमा वृक्षारोपण गरिएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्षको जुन २१ का दिन मनाउने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ