+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीद्वारा पञ्चकन्याको प्रशासकीय भवन उद्घाटन

prime minister prachanda panchakanya rural municipality building inauguration in nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चकन्या गाउँपालिका–३ लाकुरीभञ्याङमा नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले आज शनिबार एक कार्यक्रमकाबीच गाउँपालिकाको भवन उद्घाटन गरेका हुन्।

भवनको उद्‌घाटन गर्दै प्रधानमन्त्री दाहालले नयाँ प्रशासकीय भवनले भन्दापनि नागरिकलाई प्रदान गरिने सेवा एकद्वार प्रणालीमा सेवा प्रवाह गरिनुपर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाए ।

समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महत, सांसद हितबहादुर तामाङ, सांसद रमेशकुमार महत, पूर्वसांसद बद्री मैनाली, बागमती प्रदेशका सांसद, नुवाकोट अन्य नगरपालिका तथा गाउँपालिकाका प्रमुख/उपप्रमुखलगायतको उपस्थित रहेको थियो ।

२० रोपनीमा निर्मित उक्त भवनको लागत ९ करोड रुपैयाँमा रहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

यसघि गाउँपालिकाले घलेभन्ज्याङमाबाट सेवा प्रवाह गर्दै आईरहेका थिए । गाउँपालिकाले दुई एम्बुलेन्सबाट समेत सेवा दिदैं आईरहेको छ ।

खानेपानी आयोजनाको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजनै लाकुरीभञ्याङ भूमिगत बृहत खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थित लाकुरीभञ्याङ भूमिगत बृहत खानेपानी आयोजनाको उद्घाटन गरेका हुन्।

उक्त खानेपानी योजनाको लागत एक करोड ५० लाख रुपैंयाँ लगानीमा निर्माण भएको गाउँपालिकाका प्रशासकीय अधिकृत राममणि काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ