+
Search

ताजा अपडेट +

पपुलर +

विपद् व्यवस्थापनसम्बन्धि नेपाली सेनाद्वारा अभ्यास प्रदर्शन

nepali army disaster demonstration training in nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – जिल्ला विपत् व्यवस्थापन समिति नुवाकोटले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरेको छ।

नेपाली सेनाको जबरजंग गण देवीघाट ब्यारेकको नेतृत्वमा आज बिहिबार विदुर नगरपालिका-९ सिलट्यांकी ड्यामसाईटमा बिपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको हो।

प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरूप अभ्यास प्रदर्शन गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले जनपद प्रहरी, सशस्त्र प्रहरी बल गुल्म १९, नेपाल रेडक्रस सोसाइटी, त्रिशुली (जिल्ला) अस्पतालको संयुक्त उद्धार समिति समेत गठन गरिएको छ । सोही संयुक्त उद्धार समितिले पूर्वतयारीस्वरुरूप अभ्यास प्रदर्शन गरेको हो।

संयुक्त उद्धार समितिले प्रदर्शन गरेको अभ्यासले सर्वसाधारणलाई समेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने ज्ञान प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

डुबानमा परेका मानिसलाई उद्धार, राहत, प्राथमिक उपचार लगायतका प्रतिकार्य अभ्यासको अवलोकनमा पुगेका टोलीले संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन प्रभावकारी रहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ