+
Search

ताजा अपडेट +

पपुलर +

मन्टेश्वरी र सिलाई कटाई तालिम सुरु

montessori and tailoring training in nuwakot
डबली खबर
३ साल अगाडी

विदुर – नुवाकोट जिल्लामा युवाहरूलाई स्वरोजगार हुन लक्षित गर्दै मन्टेश्वरी र सिलाई तालिम सुरु गरिएको छ ।

बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा जिल्ला युवा समिति नुवाकोटको आयोजनामा आजबाट प्रारम्भिक बाल शिक्षा तथा विकास र सिलाई कटाई सम्बन्धी तालिमको सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै विदुर नगरपालिकाकअ प्रमुख राजन श्रेष्ठले युवाहरूको लागि रोजगारमूलक सीपको आवश्यक रहेको बताए । उनले तालिमपश्चात् युवाहरूले स्वरोजगार बन्न सक्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेको सीपको सही रुपमा सदुपयोग गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध समेत गरेका छन् ।

पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा मन्टेश्वरी र विदुरको सचेतना केन्द्रमा सिलाई कटाई सञ्चालन हुने ६५ दिने तालिममा २०/२० जना युवाहरूको सहभागिता रहेको जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई ५० हजार रुपैंयाँ बराबरको आवश्यक सामाग्री प्रदान गरिने अध्यक्ष पनेरुले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुंगेल, चन्द्रज्योति माविका प्रध्यानापक बासुदेव पनेरु, सचेतना केन्द्रका प्रमुख यमकुमार खाती लगायतले युवा शक्तिको पहिचान गरी स्वरोजगारको सिर्जना गरी आर्थिक समृद्धितर्फ लाग्नुपर्ने, सरकारले लगानी गरेको तालिमपछि प्रशिक्षार्थीहरुले आफ्नो व्यवहारमा उतारी स्वरोजगार हुनुपर्ने बताएका छन् ।

तालिममा कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षकद्वय सुजना खतिवडा र पार्वती अधिकारीले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ