+
Search

ताजा अपडेट +

पपुलर +

विदुर १३ मा सोनाम ल्होछार भव्य रुपमा मनाउने

sonam lhochhar 2859
डबली खबर
३ साल अगाडी

नुवाकोट – मञ्जुश्री सम्वत् २८५९औं सोनाम ल्होछारको अवसरमा आगामी माघ २१ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहने आयोजक बागेश्वरी प्रगतिशील युवा क्लबका अध्यक्ष प्रेमकुमार तामाङले बताए ।

विदुर नगरपालिका वडा नम्बर १३ को कार्यालय भवनको प्राङ्गण तल्लो डेउडिमा हुने कार्यक्रममा म्हेन्दोमाया कलाकार, हाँस्य कलाकार करण तामाङ (बिर्खु), गायक शैलेश शाहीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रमका संयोजक डिबि तामाङले जानकारी दिए । साथै कार्यक्रममा वडास्तरीय डोजाङका खेलाडीहरुको रोचक प्रस्तुति रहने छ ।

वडास्तरीय हुने बृहत सांस्कृतिक कार्यक्रममा वडावासीहरुमा शुभकामना आदानप्रदान गर्ने थलोको रुपमा लिन क्लबका अध्यक्ष तामाङले आग्रह गरेका छन् । कार्यक्रम तामाङ समुदायको मात्रै नभएर सबैको साझा पर्व रहेकाले कार्यक्रममा उपस्थित हुन उनले सबैसँग अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ