+
Search

ताजा अपडेट +

पपुलर +

क्यान बागमतीमा पुडासैनी

elected can bagamati members
डबली खबर
३ साल अगाडी

नुवाकोट – कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा पुष्पराज पुडासैनी निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार विदुरमा भएको महासंघको तेस्रो अधिवेशनबाट पुडासैनी निर्विरोध अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति संयोजक नवदीप श्रेष्ठले जानकारी दिए ।

महासंघको उपाध्यक्षमा सन्तोषजनक भुषाल, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिम्खडा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई महासंघका केन्द्रीय उपाध्यक्ष रञ्‍जितकुमार पोद्दार र निर्वाचन संयोजक श्रेष्ठले टिका र खादा लगाईदिएका थिए ।

महासंघको छैठौं साधारणसभालाई उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकालाई स्मार्ट पालिकाको रुपमा अघि बढाउन क्यान महासंघ नुवाकोटसँग हातेमालो गर्ने बताए । नागरिक सुसूचितको लागि नगरपालिकाले वेबसाईट र सामाजिक संजालमार्फत सूचना प्रवाह गर्दै आईरहेको बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ