+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं केन्द्रित एन्फा राजनीतिले फूटबल बदनाम भयो

डबली खबर
८ साल अगाडी

विश्व फूटबल महासंघ (फिफा) को सहयोग रोकिएपछि बन्द एन्फा एकेडेमी परियोजनालाई जिल्लामा भने आफ्नै लगानीमा सञ्चालन, घाटामा सञ्चालित तिलोत्तामा गोल्डकपलाई नाफामा ल्याएको जस्ता प्रशंसनीय काम गरेर दोस्रो कार्यकालका लागि हालै मात्र जिल्ला फूटबल संघ, रुपन्देहीको अध्यक्षमा चुनिएका दीर्घबहादुर केसी (कुमार) भन्छन्, “फूटबल उपत्यकामा मात्र केन्द्रित भयो।”

जिल्लाको फूटबल विकासमा तपाईंले के गर्नुभयो ?एउटै व्यक्ति दोहोर्‍याएर किन अध्यक्ष बन्नुपर्‍यो ? 
जिल्लाको फूटबल विकासका लागि अघिल्लो कार्यकाल (२०७०–७४) मा शुरु गरेको काम पूरा गर्न फेरि अध्यक्ष बनेको हुँ । समय र परिस्थिति पनि मेरै अनुकूल बन्यो ।

फिफाको गोल प्रोजेक्ट अन्तर्गत धरान र ललितपुरमा सञ्चालित एकेडेमी बन्द भइसक्दा रुपन्देहीमा भने आफ्नै खर्चमा एकेडेमी चलिरहेको छ । सधैं घाटामा गएको र पाँच वर्षदेखि रोकिएको तिलोत्तमा गोल्डकप नियमित मात्र होइन, नाफामा पुर्‍याए । गोल्डकपबाट बचत रकमलाई सामाजिक काममा लगाएका छौं ।

कस्तो सामाजिक कार्य ?
तिलोत्तमा गोल्डकपको १८औं संस्करणबाट पहिलोपटक रु.९ लाख बचत गर्‍यौं । त्यसमा व्यक्तिगत रु.५ लाख थपेर भूकम्पले भत्काएको गोरखाको साविकको मिरकोट गाविसस्थित धर्मोदय माविको ७ कोठे भवन निर्माण गर्‍यौं । गत वर्षको १९औं संस्करणबाट बचेको रु.११ लाखमा सबैतिरबाट थपेर रु.४९ लाखको लागतमा एन्फा एकेडेमीको आवासीय छात्रावास निर्माण गर्‍यौं ।

जिल्लाकै खर्चमा एन्फा एकेडेमी सञ्चालन गरिरहेको भन्नुभयो । खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
एकेडेमीमा रहेका २८ जनामध्ये उत्कृष्ट ६ जना बाहेक अरुसँग प्रति विद्यार्थी मासिक रु.१० हजार लिन्छौं । त्यसैबाट खानेबस्ने, विद्यालय शुल्क, पोशाक, खेल सामग्रीलगायत सबै व्यवस्थापन गरिरहेका छौं । स्थानीय संघसंस्था, विदेशमा रहेका पूर्व खेलाडी तथा फूटबलप्रेमीको सहयोगले एकेडेमी धानेको छ ।

मुलुकको फूटबलको स्तर खस्कनुको कारण के देख्नुहुन्छ ?
अखिल नेपाल फूटबल संघको काठमाडौंकेन्द्रित राजनीतिले नेपालको फूटबल अन्तर्राष्ट्रियस्तरमै बदनाम हुनपुग्यो । एन्फाका अधिकारीले फूटबल होइन, आफ्नै फाइदामा ध्यान दिए । खेलाडी काठमाडौंबाहिर उत्पादन हुने तर फूटबल चाहिं काठमाडौंमै केन्द्रित भयो । -हिमालखबर

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ