+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

dabalikhabar nuwakot election 2078
डबली खबर
४ साल अगाडी

विदुर – स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ ।

बिहिबार आयोगले जिल्ला अदालत कार्यालय परिसरमा मुख्य निर्वाचन अधिकृत र १२ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रत्येक स्थानीय तहमा भएका निर्वाचन अधिकृतको कार्यालयमा १० जना कर्मचारी रहने र आचारसंहिता पालना भए नभएको समेत अनुगमन गर्नेछ । कार्यालय स्थापनासंगै निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको छ।

यसअघि आयोगले नुवाकोटको प्रमुख निर्वाचन अधिकृतमा उमेशप्रसाद लुईंटेललाई तोकेको थियो । आयोगका अनुसार नुवाकोट जिल्ला अदालतका न्यायाधिश लुईंटेल विदुर नगरपालिकाको निर्वाचनमा खट्ने छ । बेलकोटगढीमा महान्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता टेकबहादुर कार्की, ककनीमा निर्मला गुरुङ, किस्पाङमा टेकराज भुसाल, तादीमा विवेक घिमिरे, तारकेश्वरमा जीवनकुमार भण्डारी, दुप्चेश्वरमा केशरबहादुर पण्डित, पन्चकन्यामा अन्जन न्यौपाने, म्यागङमा सुदर्शन पण्डित, लिखुमा पूर्णबहादुर थापामगर, शिवपुरीमा खरुदेव चुडाल र सुर्यगढीमा इन्द्रकुमार खड्कालाई निर्वाचन अधिकृत जिम्मेवारी दिएको थियो ।

निर्वाचन आयोगले देशभरका एकैसाथ बिहिबार स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

चुनाव आगामी बैशाख ३० गते शुक्रबार हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ