२०७९, २६ श्रावण बिहीबार

७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकियो, नुवाकोटमा न्यायधीस लुईंटेल (सूचीसहित)

डबली खबर     चैत्र १३ २०७८ ११:४७

umesh prasad lunitel
Diyo Pathshala Montessori

नुवाकोट – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

नुवाकोटको प्रमुख निर्वाचन अधिकृतमा उमेशप्रसाद लुईंटेललाई तोकिएको छ । आयोगका अनुसार नुवाकोट जिल्ला अदालतका न्यायाधिश लुईंटेल विदुर नगरपालिकाको निर्वाचनमा खट्ने छ ।

जिल्लाका अन्य स्थानीय तहको लागि निर्वाचन अधिकृत तोकिएको छ । बेलकोटगढीको निर्वाचन अधिकृतमा महान्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता टेकबहादुर कार्कीलाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ ।

यस्तै, ककनीमा निर्मला गुरुङ, किस्पाङमा टेकराज भुसाल, तादीमा विवेक घिमिरे, तारकेश्वरमा जीवनकुमार भण्डारी, दुप्चेश्वरमा केशरबहादुर पण्डित, पन्चकन्यामा अन्जन न्यौपाने, म्यागङमा सुदर्शन पण्डित, लिखुमा पूर्णबहादुर थापामगर, शिवपुरीमा खरुदेव चुडाल र सुर्यगढीमा इन्द्रकुमार खड्कालाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ ।

निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने जनाएको छ ।

हेर्नुहोस पूर्ण विवरण :

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top