+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति विकास बैंकले नेपाल सुनचाँदी महासंघमा आवद्व कर्मचारीलाई सहुलियतपूर्ण कर्जा दिने

डबली खबर
४ साल अगाडी

काठमाडौं – ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालीगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालीगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ।

यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई कर्जा सेवाले थप सहजता प्रदान गर्ने विश्वास बैंकको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ