+
Search

ताजा अपडेट +

पपुलर +

विदुर कर परामर्श सेवाले गर्यो खेलाडी सम्मान

bidur tax consultancy honor to aakash ranamagar football player nuwakot
डबली खबर
५ साल अगाडी

नुवाकोट – विदुर कर परामर्श सेवाले प्रथम शिवपुरी अध्यक्ष गोल्डकप प्रतियोगितामा सर्वाधिक गोलकर्ता आकाश रानामगरलाई नगद राशीसहित सम्मान गरेको छ ।

मंगलबार जेसीस नुवाकोट वर्ष २०२१ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रममा विदुर करले शिवपुरी गोल्डकपमा सर्वाधिक गोलकर्ताको उपाधी चुम्न सफल रानामगरलाई नगद १० हजार पुरस्कार राशीले सम्मान गरिएको विदुर करका प्रबन्धक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनले विदुर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गराउन महत्वपूर्ण योगदान गरेका थिए । साथै उनले प्रतियोगिताको एक वटा ह्याट्रिक र दुई वटा “म्यान अफ दि म्याच” उपाधी हासिल गरेको थियो । उनले प्रतियोगिताभर आठ गोल गरेका थिए ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसीस नुवाकोटले शिवपुरी गोल्डकपमा विजयी विदुर नगरपालिका टिमका सम्पूर्ण खेलाडीहरु तथा टिम कोच देवनारायण चित्रकारलाई माला लगाई र प्रशंशापत्र प्रदान गरि सम्मान गरिएको जेसीस नुवाकोटका अध्यक्ष अञ्जली पाण्डेले जानकारी दिए ।

उनी नव बिहानी युवा क्लब विदुरका पूर्व खेलाडी तथा विदुर सिटी युथ क्लबका सदस्य पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ