+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाले पुस २७ गते सार्वजनिक विदा दिने

prithvi narayan shah king
डबली खबर
५ साल अगाडी

विदुर – विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ।

पाँचौं नगरसभा र पौष २४ गते शुक्रबार बसेको बैठकको निर्णय अनुसार नगरपालिकाले भोलि पौष २७ गते आफ्ना अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रशासकीय अधिकृत दिवाकर चापागाईंले जानकारी दिए ।

पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए ।  उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ । तर राजनीतिक पूर्वाग्रह राखेरै र पृथ्वीनारायण शाहका दरसन्तानले गरेको गल्तीको प्रतिशोध उनीमाथि साँधेर यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो।

यसअघि पनि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो।

विस १७७९  पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ