+
Search

ताजा अपडेट +

पपुलर +

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

sunrise bank branchless banking service
डबली खबर
५ साल अगाडी

विदुर – सनराइज बैंकले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ माँझगाउँमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

शनिबार शाखारहित सेवाको उद्घाटन बेलकोटगढी नगरपािलका-५ का वडाध्यक्ष अनन्तराम नेपालले गरेका हुन् । उक्त सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ५८ पुगेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत पिओस मेसिन मार्फत निक्षेप संकलन तथा रकम भुक्तानी गर्न सकिने नुवाकाेटका लागि बैंकका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले जानकारी दिए । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा महेश्वर लाई नियुक्त गरेको छ ।

बैंकले एकसय ३९ वटा शाखा, एकसय ६१ वटा एटिएम, ५८ वटा शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ