+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

international human rights nuwakot
डबली खबर
५ साल अगाडी

नुवाकोट – आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज नुवाकोटले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ ।

“आणविक हतियार नष्ट गरौ धर्ती सुरक्षित गरौं” भन्ने मूल नाराका साथ ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा विदुर नगरपालिकाको देविघाटमा उक्त दिवस मनाईएको समाजका उपसभापति नारायण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बद्रीप्रसाद रिमालले कानुन र नीति नियमको परिधिमा बसेर अधिकार प्राप्त गर्न पनि मानवअधिकार प्रति बफादार रहन सबैमा अपिल गरे ।

कार्यक्रममामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउँने र हामी आणविक अस्त्ररहित विश्व चाहन्छौ लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरिएको समाजका सभापति केशवराज तिमिल्सिनाले जानकारी दिए।

यस्तै, ७२औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बिहीबार मध्यान्न १२ बजेदेखि आधा घण्टा काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दूतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ