+
Search

ताजा अपडेट +

पपुलर +

डाक्टर गोविन्द केसीले नुवाकोटमा

doctor govind kc in nuwakot trishuli hospital
डबली खबर
५ साल अगाडी

त्रिशुली, नुवाकोट – चिकित्सा शिक्षा सुधारको अभियन्ता प्रध्यापक डाक्टर गोविन्द केसीले नुवाकोट र रसुवाको नगारिकको स्वास्थ्य क्षत्रेको सुधार देखिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

सार्वजनिक गाडी चढेर रसुवा पुग्नुभएका डाक्टर गोविन्द केसीले त्यहाँको जिल्ला अस्पतलामा पाँच दिन निःशुल्क सेवा पुराएर सार्वजनिक गाडी चढेरै आज नुवाकोट फर्कनुभएका डाक्टर गोविन्द केसीले दुई जिल्लाको स्वास्थ्यमा केही सुधार हुदै गएको र सुधारको संकेत समेत देखिएकाले खुशी लागेको बताए ।

रसुवा जिल्ला नेपालकै दुर्गम जिल्लाको रुपमा चिनिने र नुवाकोटमा पनि धेरै सुधार गर्नुपर्ने भन्दै उहाँले विशेषज्ञ सहितको त्रिशूली अस्पतालको सेवा आफूहरुको आन्दोलनको उपज भएको बताए । गरिबका जेहेन्दार विद्यार्थीले निःशुल्क पढ्न पाउनुपर्ने र त्यसको बदलमा दुई वर्ष सरकारी अस्पतालमा गएर सेवा पुराउने प्राबधान लगायतको माग पूरा भएसगैँ जिल्लाजिल्लामा विशेषज्ञ सहितको सेवा जनताले पाउने आधार निश्चित भएको बताए ।

नुवाकोटमा भूकम्प अघि र त्यसलगत्तै नुवाकोटमा र विभिन्न समयमा गरेर पाँच पटकसम्म रसुवामा पुगेर सेवा पुर्याएका उनले दुवै जिल्लामा केही वर्ष अघिको तुलनामा सुधार देखिएको बताए ।

जिल्ला अस्पतला रसुवामा पाँच दिन स्वंयसेवा गरेर बस चढेर नुवाकोटको ढुङ्गे आउनुभएका चिकित्सा शिक्षा सुधारको अभियन्ता प्रध्यापक डाक्टर गोविन्द केसी त्यहाँबाट हिडेर त्रिशूली अस्पताल पुगेर त्यहाँबाट प्रवाह हुदै आएको सेवा, विद्यमान प्रगति तथा समस्या र आगामी दिनमा गर्नुपर्ने सुधारको विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर दिपेन्द्र पाण्डेसँग छलफल गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ