+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यकर्मीलाई समान जोखिम भत्ता उपलब्ध गराउन ट्रेड युनियनको माग

Nepal Trade Union Nepali Congress
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकाेट – नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको क्षेत्रमा अग्रपंक्तिमा खटिईरहेका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई राज्यले उपलब्ध गराउने जोखिम भत्ता स्थानीयतह पिच्छे फरकफरक उपलब्ध गराईएकोमा आपत्ती जनाउँदै समान रुपमा जोखिम भत्ता उपलब्ध गराउन सम्बद्ध पक्षहरुसँग आग्रह गरेको छ ।

शनिबार नुवाकोटको सदरमुकाम विदुरमा आयोजित श्रम मापदण्ड सम्बन्धि ट्रेड युनियन शिक्षा कार्यक्रमका सहभागीहरुले जिल्लाका स्थानीय तहहरुले जोखिम मोलेर संक्रमण रोकथाममा क्रियाशिल स्वास्थ्यकर्मीहरुलाई स्थानीयतहहरुले राज्यको निर्देशिका अनुसार भत्ता उपलब्ध नगराएको गुनासो गरेपछि सोही क्रममा बसेको जिल्ला समितिको बैठकले समान जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरिएको जिल्ला सचिव मछिन्द्र खड्काले जानकारी दिए ।

यसैगरी बैठकले जिल्लाका स्थानीयतहहरुमा सरकारले तोकेको न्यूनतम बेतन नै नदिई काममा लगाउने गरेको पाईएकोले न्यूनतम बेतन उपलब्ध गराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाली काँग्रेसको सबै संरचनामा श्रमिकहरुको प्रतिनिधित्वका लागि पहल गर्ने र आगामी मंसिर १३ गते विदुर नगरपालिकाको स्थानीय अधिवेशन गर्ने निर्णय समेत गरेको सचिव खड्काले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ