+
Search

ताजा अपडेट +

पपुलर +

८४ जना एकल महिलालाई नगद सहयोग

hen distribution program suryagadhi nuwakot
डबली खबर
५ साल अगाडी

सूर्यगढी, नुवाकोट – सूर्यगढी गाउँपालिकामा सञ्चालनमा रहेको ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम अन्तर्गत ८४ जना एकल महिलाहरुलाई नगद तीन हजार रुपैयाँ प्रदान गरेको छ ।

एकल महिलाहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रम अन्तर्गत स्थानीय जातको कुखुरा खरिद गरेर पालन गर्नको लागि प्रति एक व्यक्तिलाई तीन हजार रुपैयाँको दरले ८४ जनालाई दुई लाख ५२ हजार रुपैयाँ गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले प्रदान गरेका छन् ।

गाउँपालिकाका गैरीखर्क, चोकदे, ढुङ्गेचउर वस्तीमा रहेका एकल महिलालाई उपलब्ध गराइएको नगद रुपैयाँले अब कुखुरा खरिद गरेर जिविकोपार्जनतर्फ लम्कन गाउँपालिकाको अध्यक्ष घलेले आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ