+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका कोरोना संक्रमित पुरुष जनप्रतिनिधि

Nuwakot Staff Government Nepal
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – समुदायस्तरमा फैलिएको कोरोनाभाइरसको कारण नुवाकोटका एक जनप्रतिनिधीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखीएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको नतिजा अनुसार कोरोना संक्रमण पुष्टि भएका दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधि रहेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिईन् । संक्रमित जनप्रतिनिधिको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको छ। साथै दुप्चेश्वर गाउँपालिकाले आज सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेकका सेवा तथा हिड्डुल नगर्न अनुरोध गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा दुप्चेश्वर गाउँपालिकाका तीन पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। यस्तै, लिखु गाउँपालिकाका ४२ वर्षीय एक पुरुषमा पनि संक्रमण देखिएको छ भने संक्रमित बिरामी गाउँपालिकाको क्वारिन्टिनमा रहेका उनले जानकारी दिए। हालसम्म जिल्लाभरका ६१ जना नागरिकहरुमा सङ्क्रमित भएको छ ।

सङ्क्रमित सङ्ख्याको दर दिनहुँ बढ्दै गएपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले साउन २६ गतेको मध्यराती १२ बजेबाट दुप्चेश्वर गाउँपालिकामा पूर्णरुपमा ८ दिनको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । यस्तै, तादी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, तारकेश्वर गापाको २, ४, ५, ६, शिवपुरी गापाको १, २, ३, ४, ५ र पञ्चकन्या गापाको ४ र ५ वडाहरुमा पनि आज मध्यरातीबाट ८ दिनको लागि निषेधाज्ञा लागु गरेको छ ।

यसअघि विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिका सम्पूर्ण क्षेत्रमा साउन २४ गते मध्यरात १२ बजेदेखि १० दिनका लागि निषेधाज्ञा लागू गरिएको थियो। यस्तै, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको थियो।

योसँगै नुवाकोटका १२ वटै स्थानीय तहका ४ स्थानीय तहका सम्पूर्ण क्षेत्र र ८ स्थानीय तहहरुका केहि वडाहरुका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा निषेधाज्ञा लागु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ