+
Search

ताजा अपडेट +

पपुलर +

बढी भाडा लिने सवारीसाधन कारवाहीमा

crime public vehicle nuwakot-min
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – लकडाउन खुले लगतै सञ्चालन भएका मध्यम दुरीका सार्वजनिक यातायातले बढी भाँडा असुलेका कारण दुई सवारीसाधन कारवाहीमा परेका छन् ।

सोमबार गल्छी-त्रिशुली सडकखण्डमा बा १ य १३३५ नम्बरको माईक्रोबसले नियम बिपरित बढी यात्रुहरु चढाई प्रतिव्यक्ति ७ सय रुपैंयाँका दरले भाडा लिएको पाईएकोले उक्त माईक्रोबसलाई ट्राफिक नियमानुसार एक हजार ५ सय जरिवाना गराई छाडिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टाराईले जानकारी दिए ।

बेलकोटगढी नगरपालिका-७ तारुका चेकपोईन्टस्थित चेकजाँचको क्रममा त्रिशूलीबाट कोल्फुटारतर्फ गई रहेको माइक्रोबसले बढी भाडा लिएकोले कारवाही गरिएको हो । साविक भाडादर १ सय रुपैंयाँ रहेकोले बाँकी रकम यात्रुलाई फिर्ता गराईएको छ।

कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो पछि चेक जाँचमा कडाई गरिएको हो।

यस्तै, पासाङल्हामु राजमार्गको ३५ किलोमा बा २ ख ९८६६ नम्बरको बसले तोकिएको भन्दा बढी यात्रु ओसारपसार गरिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिई ट्राफिक नियमानुसार एक हजार रुपैंयाँ जरिवाना गरी छाडिएको छ ।

सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ। परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भएकोले यात्रुलाई चढाईएको बताए । 

विदुर नगरपालिका नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा गरेर ३८ जना मास्क नलगाई हिडेका नागरिकहरुलाई प्रतिव्यक्ति एक सय रुपैंयाँ दरले जरिवाना गरी मास्क लगाउन लगाई पठाईएको छ । प्रहरीले अन्य ३९० जनालाई सम्झाई बुझाई गरी मास्कको प्रयोग गर्न लगाई छाडिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ