+
Search

ताजा अपडेट +

पपुलर +

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Feeding vitamins to children
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – देशभरका ५ वर्षसम्मका बालबालिकालाई आज सोमबार र भोलि मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिन्छ।

यही कार्यक्रमअन्तर्गत १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। 

यो कार्यक्रमका लागि देशैभरि ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएका छन्। 

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घरनजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई अनुरोध गरेको छ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो। यो वर्ष विश्व महामारी कोरोनाभाइरसका कारण दोस्रो चरणको कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। सोही स्थगित कार्यक्रम आज (असार २२ गते) र भोलि (असार २३ गते) तय गरिएको हो। 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ