+
Search

ताजा अपडेट +

पपुलर +

जन्मदिमा जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग

social mobilizer youth food donation in nuwakot
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटका सामाजिक अभियन्ता पूर्णमान श्रेष्ठले आफ्नो जन्मदिन जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेर मनाएका छन्।

सामाजिक सञ्जाल समृद्ध नुवाकोटका अभियन्ता तथा दरबार स्युट टेलरिङका संचालक श्रेष्ठले विदुर नगरपालिका-५ देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा संचालित वृद्धाश्रममा दाल, चामल, चना, केराउ, प्याज, नुन, तेल, बिस्कुट, चाउचाउ लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

‘जन्मदिनमा फजुल खर्च नगरी मेरो जन्मदिन हरेक वर्ष झैँ यसपालि पनि खाद्यान्न सहयोग गरेर मनाउने गरेको छु’ – उनले भने।

उनी समृद्ध नुवाकोटको साथै सामर्थ्य नेपाल (नुवाकोट) र दारी ग्याङका सक्रिय सामाजिक अभियान्ता हुन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ