+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा बृहत् आँखा शिविर सञ्चालन हुँदै

डबली खबर
२ हप्ता अगाडी

२५ चैत, नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा नुवाकोटका विभिन्न स्थानहरूमा बृहत् आँखा शिविर सञ्चालन हुने भएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका उपशाखा र विभिन्न स्थानीय निकायहरूको सहकार्यमा हुने शिविर आगामी २०८३ साल बैशाख ३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने रेडक्रस सभापति हरि श्रेष्ठले जानकारी दिए । शिविरमा सहभागी हुने बिरामीहरूलाई नि:शुल्क आँखा परीक्षणका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि र सहुलियत दरमा चस्मा वितरण गरिने उनले बताए ।

यस स्वास्थ्य अभियान अन्तर्गत पहिलो दिन बैशाख ३ गते पञ्चकन्या गाउँपालिकाको बानियाँटार स्वास्थ्य ईकाइबाट शिविर सुरु भई क्रमशः सूर्यगढी, तादी, म्यागङ, लिखु, किस्पाङ र बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानहरूमा सञ्चालन गरिने तालिका रहेको छ।

शिविरमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूको आगामी बैशाख २१ र २२ गते विदुरमा रहेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रमा वरिष्ठ नेत्ररोग विशेषज्ञहरूद्वारा शल्यक्रिया गरिने कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

शल्यक्रियाका लागि ‘सिआईसिएस’ विधिमार्फत नि:शुल्क र ‘पीएचएसिओ’ उपकरणको प्रयोग गर्दा सहुलियत दरमा उपचारको व्यवस्था मिलाइएको रेडक्रसले जनाएको छ।

तालिका

मिति (२०८३ बैशाख)स्थानस्थानीय तह/वडा
३ गते, बिहीबारबानियाटार स्वास्थ्य ईकाइपञ्चकन्या गा.पा.-१
४ गते, शुक्रबारकालिका मा.वि.सूर्यगढी गा.पा.-२, कटुञ्जे
६ गते, आइतबार१ नम्बर वडा कार्यालयतादी गा.पा.-१, डाङसिङ
७ गते, सोमबारजोरचौतारा स्वास्थ्य चौकीतादी गा.पा.-३, जोरचौतारा
८ गते, मंगलबारकिम्ताङ स्वास्थ्य चौकीम्यागङ गा.पा.-४, किम्ताङ
९ गते, बुधबारदेउराली अस्पतालम्यागङ गा.पा.-३, देउराली
१० गते, बिहीबारबिन्दुकेशर मा.वि.म्यागङ गा.पा.-५, टक्सार
११ गते, शुक्रबारगणेश मा.वि.सूर्यगढी गा.पा.-४, रातमाटे
१३ गते, आइतबारलिखु ग्रामीण आँखा केन्द्रलिखु गा.पा.-४, चौघडा
१४ गते, सोमबारसाल्मे स्वास्थ्य चौकीकिस्पाङ गा.पा.-४, साल्मे
१५ गते, मंगलबारकाहुले स्वास्थ्य चौकीकिस्पाङ गा.पा.-३, काहुले
१६ गते, मंगलबारमहादेव मा.वि.बेलकोटगढी न.पा.-९, बाघखोर

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ