४ चैत, नुवाकोट । गल्छी-ढुंगे-मैलुङ सडकखण्डस्थित विदुर नगरपालिका–५ पिपलटारमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आज साँझ करिब ५:१० बजे देवीघाटबाट विदुरतर्फ आउँदै गरेको बा.९७ प ३०८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.३–००३ प ४६६४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल पिपलटारको जाल्पादेवी पेट्रोल पम्प अगाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी एनएस मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका–११ का २७ वर्षीय शुभालाल तामाङ टाउको र निधारमा चोट लागेको छ ।उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुपर स्प्लेन्डर मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका–८ का ४० वर्षीय तारानाथ पुडासैनी दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया