+
Search

ताजा अपडेट +

पपुलर +

नाडामा सुरेन्द्रकुमार उप्रेती

डबली खबर
५ महिना अगाडी

३० फागुन, नुवाकोट । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को जिम्मेवारी सुरेन्द्रकुमार उप्रेती सम्हालेका छन् ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले बिहीबार पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका थिए ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र संस्थागत मूल्य–मान्यताअनुसार संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए थिए ।

उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल उद्योगको विकास र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ