१७ फागुन, विदुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चुनावी सभाहरू भ्याउन निकै सकस देखिएको छ ।
आज आईतबार नुवाकोट जिल्ला कार्यसमितिले आयोजना गर्ने चुनावीसभालाई हेलिकप्टरमार्फत् आईपुग्ने निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
विदुर नगरपालिकाको हावाघरमा हुने कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरु डा. प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसीले समेत सम्बोधन गर्ने भएका छन् ।
सभामा पार्टीका सहमहामन्त्री बहादुरसिंह लामा, नेता अर्जुननरसिंह केसी तथा केन्द्रीय सदस्यसहितका नेताहरूको सहभागिता रहने जनाइएको छ।
सम्बोधन लगत्तै थापाले आइतबार काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । थापाले कीर्तिपुर, ठिमी, पेप्सीकोला, बालाजु, सामाखुसी र बालुवाखानीमा हुने चुनावीसभालाई सम्बोधन गर्नेछ ।
नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका अनुसार सभापति थापाका साथै उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले समेत सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले आफ्ना प्रभावशाली युवा नेताहरूलाई चुनावी मैदानमा उतारेर मतदातालाई आकर्षित गर्ने रणनीति लिएको छ।



















प्रतिक्रिया