+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका ३० उम्मेदवारमध्ये १२ जनाले मात्र खोले बैङ्क खाता

bank account Nuwakot
डबली खबर
३ महिना अगाडी

८ फागुन, नुवाकोट । नुवाकोटका आधा उम्मेदवारहरु भन्दा बढीले हालसम्म बैङ्क खाता खोल्न सिफारिसनै लिएका छैनन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटका दुई निर्वाचन क्षेत्रमा गरी ३० जना उम्मेदवारले मनोनयन दर्ता गरेतापनि हालसम्म १२ जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको नुवाकोट निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो ।

निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिएतापनि जिल्लाका आधा भन्दा बढी उम्मेदवारहरुले बैङ्क खाता खोलेका छैनन् ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ