१ फागुन, नुवाकोट । ककनी गाउँपालिका–३ बालुवा खोलास्थित एक कुखुरा फार्ममा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत माघ २७ गते राति स्थानीय विष्णुप्रसाद बजगाईंको फार्ममा आगलागी हुँदा एक हजार कुखुरा, फार्मको संरचना र दानालगायतका सामग्री जलेर नष्ट भएको सूचना प्राप्त भएलगत्तै प्रहरी सक्रिय भएको थियो।
अनुसन्धानका क्रममा सोही फार्ममा काम गर्ने रामेछाप निवासी २६ वर्षीय सुमन बिकले रिसरागका कारण आगो लगाएको खुलेपछि उनलाई माघ २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्तलाई नुवाकोट जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया