sujim bazar advert

बागमतीकै उत्कृष्ट नुवाकोट, शतप्रतिशत एचपिभि खोप लगाईयो

सुनील श्रेष्ठ     फाल्गुन २२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

HPV Vaccination Campaign Against Cervical Cancer 2081 in Nuwakot
Big Education Consultancy Nuwakot

२२ फागुन, विदुर । बागमती प्रदेशकै नुवाकोट जिल्ला किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एचपिभि) शतप्रतिशत खोप लगाउन सफल भएको छ ।

जिल्लाका ११ हजार १५९ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अभियानमा ११ हजार १७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

जिल्लाको दुई नगर र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहका कक्षा ७ देखि १० सम्मका र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान अन्तर्गत उक्त सङ्ख्यामा एचपिभि खोप लगाईएको कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । अभियानको क्रममा विवाह भइ गएका र स्थान्तरण भई गएका केहीले खोप लगाउन छुटेतापनि लक्षितभन्दा बढी खोप लगाउन सफल भएको उनले बताए ।

विदुरमा एचपिभी खोप ९९.९ प्रतिशत लक्ष्य हासिल

जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्ने ८ हजार ७ सय २६ र विद्यालय नजाने १३४ गरी ८ हजार ८६० किशोरीलाई एचपिभि खोप लगाइएको खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । यसैगरी नियमति एचपिभि खोपअन्तर्गत कक्षा ६ का छात्राहरु २ हजार २८१ जना र विद्यालय नजाने १० वर्ष उमेरका १८ जना गरी कुल २ हजार २९९ जना किशोरीहरु खोप लगाईएको उनले जानकारी दिए ।

तथ्यांकअनुसार विदुरमा १०१. २९ प्रतिशत, दुप्चेश्वरमा १००.३५ प्रतिशत, बेलकोटगढीमा ९८.५८ प्रतिशत, म्यागङमा १०० प्रतिशत, किस्पाङमा १००.८० प्रतिशत, तारकेश्वरमा ९८.४६ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् । यसैगरी शिवपुरीमा ९४.४१ प्रतिशत, पन्चकन्यामा १०३.०८ प्रतिशत, लिखुमा १००.३७ प्रतिशत, तादीमा ११६.९७ प्रतिशत, सुर्यगढीमा ९८.५९ प्रतिशत र ककनीमा १०६.१९ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् ।

दुप्चेश्वरका एक हजार ९८ जनाले लगाए एचपिभी खोप

फागुन ६ गतेको प्रारम्भिक नतिजाअनुसार नुवाकोट जिल्लाले प्रदेशभरिकै उत्कृष्ट नतिजा हासिल गरेको उनले बताए । नुवाकोटले शतप्रतिशत खोप लगाएको छ । अन्य जिल्लाहरूमा दोलखामा ९९ प्रतिशत, रामेछापमा ९८ प्रतिशत, सिन्धुपाल्चोकमा ९७ प्रतिशत, रसुवामा र सिन्धुलीमा ९६ प्रतिशत, मकवानपुमा ८७ प्रतिशत र काभ्रेपाल्चोकमा ८६ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् । यसैगरी चितवनमा ८३ प्रतिशत, भक्तपुरमा ८२ प्रतिशत, धादिङमा ७७ प्रतिशत, काठमाडौँमा ७२ प्रतिशत र ललितपुरमा ७० प्रतिशत किशोरीहरूले खोप लगाएका छन् । बागमती प्रदेशमा ८० प्रतिशत खोप लगाउँदा कोशी प्रदेशले सबैभन्दा बढी १०१ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् ।

खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चलाइएको थियो । यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले देशव्यापी रुपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै नुवाकोट जिल्लाले किशोरीहरुलाई यो खोप दिएको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा लगााइएको बताइएको छ । स्वास्थ्यकर्मी ३०४ जना र महिला स्वास्थ्य स्वयंसेविका ५३६ जना खटाईएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top