+
Search

ताजा अपडेट +

पपुलर +

टोखा–छहरे सडक खण्डमा राति यात्रा गर्न रोक

डबली खबर
१७ घण्टा अगाडी

भदौ १, नुवाकोट ।  काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य वैकल्पिक मार्गका रूपमा रहेको टोखा–छहरे सडक खण्डमा वर्षाका कारण बारम्बार लेदोसहितको पहिरो जान थालेपछि प्रशासनले रात्रिकालिन आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै शिवपुरी गाउँपालिका वडा नं. ८ स्थित घट्टेखोला क्षेत्रमा वर्षातको समयमा अचानक खस्ने गेग्रान र पहिरोले यात्रा जोखिमपूर्ण बनेकाले सम्भावित मानवीय क्षति रोक्न आवागमनमा रोक लगाएको हो ।

आज भाद्र १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म प्रत्येक राति १० बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द रहने जनाएको छ।

बिरामी बोकेका एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवालाई भने जुनसुकै समयमा पनि निर्वाध सञ्चालन हुन दिइनेछ।

वर्षाको समयमा सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालाहरूलाई अत्यन्त जरुरी काम नपरी घरबाहिर ननिस्कन र रात्रिकालिन यात्रा नगर्न आग्रह समेत गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ