sujim bazar advert

५५८ जनाद्वारा रक्तदान

डबली खबर     माघ ३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

global ime bank blood donation
Big Education Consultancy Nuwakot
global ime bank flash loan

३ माघ, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ बृहत रक्तदान कार्यक्रम गरेको छ ।

बैंक स्थापनाकालको सो अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरुले रक्तदान गरेका छन् ।

उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी वितरण हुने जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरु निरन्तररुपमा गर्दै आएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top