+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयाधाम: पितृमोक्षका श्राद्धस्थल

uttargayadham in Rasuwa and Nuwakot
डबली खबर
४ महिना अगाडी

३ पुस, नुवाकोट । बेत्रावती/बेत्रगङ्गा वा उत्तरगयाधाम हिन्दू र बौद्ध दुवै समुदायका लागि महत्वपूर्ण श्राद्धस्थल तथा सामरिक, ऐतिहासिक र धार्मिक दृष्टिले विशिष्ट तीर्थस्थल हो।

यस वर्षको उत्तरगयाधाममा तीर्थ–श्राद्ध गयाऔशी मेला भोलि पुस ४ गते रहेको छ। श्राद्ध, तर्पण र स्नान गर्न मानिसहरुको आउन थालिसकेका छन् । धार्मिकभक्तालुको सहजताका लागि धाम क्षेत्र सरसफाई तथा व्यवस्थापन तयारी गरिएको छ ।

धाममा वर्षेनी करिब तीन लाख आन्तरिक तथा बाह्य र भारतीय धार्मिक पर्यटक यहाँ आउने उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष अष्टमान डङोलको भनाइ छ। धार्मिक विश्वासअनुसार यहाँ स्नान, श्राद्ध, जप र होम गर्दा पापमोक्ष, दुःखनाश र मोक्ष प्राप्त हुने जनआस्था रहेको उनले बताए ।

पौषेऔँसीलगायत विभिन्न पर्वमा हजारौँ तीर्थालु यहाँ पितृमोक्षका लागि श्राद्ध, तर्पण र स्नान गर्न आउने गर्छन्। हिन्दू र बौद्ध परम्पराअनुसार एकै स्थानमा श्राद्ध सम्पन्न हुनु उत्तरगयाधामको विशेष पहिचान हो।

रसुवा र नुवाकोटको सिमानामा अवस्थित बेत्रावती त्रिशूली, रुद्रगङ्गा र बेत्रगङ्गाको सङ्गमस्थल (उत्तरगया/त्रिवेणी) हो । जसलाई पुराणमा श्रेष्ठ तीर्थका रूपमा उल्लेख गरिएको छ। सन् १८४९ को नेपाल–तिब्बत सन्धि यहीँ भएकोले यसको ऐतिहासिक र सामरिक महत्व पनि उच्च छ।

उत्तरगयाधाम आसपास राम मन्दिर, नीलकण्ठेश्वर महादेव, सुगतमुनि विहारलगायत थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन्। यी सम्पदाको एकीकृत विकास गर्न सके बेत्रावती धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा अझ सशक्त बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ