+
Search

ताजा अपडेट +

पपुलर +

उत्कृष्ट विभाग ‘सघन उपचार कक्ष’

डबली खबर
१० महिना अगाडी

३ पुस, नुवाकोट । त्रिशूली अस्पतालको चालुआर्थिक वर्ष २०८२/८३ अन्तर्गत साउनदेखि कार्तिकसम्मको मासिक तथ्याङ्क सङ्कलन प्रस्तुतिकरण, उत्कृष्ट विभाग र मासिक उत्कृष्ट कर्मचारी घोषणा कार्यक्रम भएको छ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीको अध्यक्षतामा तथा विदुर नगरपालिका वडा नम्बर–८ का अध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अस्पतालका विभिन्न विभागले सो अवधिमा प्रदान गरेका सेवाको तथ्याङ्क प्रस्तुत गर्दै सेवा प्रभावकारिता, कार्यसम्पादन र सुधारका पक्षबारे समीक्षा गरिएको थियो।

सो अवधिमा अस्पतालका सघन उपचार कक्ष (आइसियु) विभागलाई उत्कृष्ट विभाग घोषणा गरिएको छ।

यसैगरी, मासिक उत्कृष्ट कर्मचारीका रूपमा स्त्रीरोग विशेषज्ञ डा. दीपिका श्रेष्ठ, मेडिकल अधिकृत डा. साहिना खातुन, मेडिकल रेकर्डर आश्रित लामिछाने र कार्यालय सहयोगी मिश्री मिजारलाई सम्मान गरिएको छ।

कार्यक्रममा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउन कर्मचारीको मेहनत, समर्पण र जिम्मेवारीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ