sujim bazar advert

आयुर्वेदमा इएनटी रोगको विशेषज्ञ सेवा सुरु

डबली खबर     मंसिर ८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

AYURVEDA AND ALTERNATIVE HOSPITAL Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

९ मङ्सिर, देवीघाट । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले अबदेखि नाक, कान, घाँटी, आँखा तथा मुख रोगसम्बन्धी विशेष सेवा आयुर्वेद चिकित्सा पद्धतिबाट सुरु गरेको छ।

चिकित्सालयले आफ्नो सेवा विस्तार गर्ने क्रममा ‘शालाक्य तन्त्र’ (नाक, कान, घाँटी, आँखा तथा मुख रोग) अन्तर्गत विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

चिकित्सालयमा अबदेखि सेवाग्राहीहरूले गुणस्तरीय आयुर्वेद सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। सम्बन्धित समस्या भएका बिरामीहरूले प्रत्येक दिन बहिरंग सेवा समयमा चिकित्सालयमा सम्पर्क गरी उपचार गराउन सक्ने जनाएको छ ।

आयुर्वेद पद्धतिबाट यी रोगहरूको उपचार प्रभावकारी मानिने हुँदा स्थानीय बासिन्दाहरूलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top