३ मङ्सिर, काठमाडाैं । शिखर इन्स्योरेन्स लिमिटेड २२ औं वर्षमा प्रवेश गरेकाे छ ।
कम्पनीले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएकाे छ । यस अवसरमा कम्पनीले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कम्पनीको नुवाकोट शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।
देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो।
वार्षिकाेत्सवका अवसरमा कम्पनीका सिइओ दिप प्रकाश पाण्डेले कम्पनी स्थापना गर्ने संस्थापक वर्ग, लगानीकर्ता, कर्मचारी, निमनकारी निकाय तथा ग्राहकहरूमा विशेष धन्यवाद व्यक्त गरेका छन् ।
हालसम्म कम्पनीले करिव ६ अर्ब रूपैयाँ बराबरकाे बीमा प्रिमियम संकलन र ४ अर्बकाे दाबी व्यवस्थापन गरेकाे बताए ।
आगामी दिनमा पनि नियमनकारी निकाय बीमा प्राधिकरणबाट निर्दिष्ट गरिएका सम्पूर्ण नियमनकारी व्यवस्था नीति नियम निर्देशिकाहरूको पालना गरेर कम्पनीलाई पारदर्शी र उत्कृष्ट कम्पनकिो रुपमा स्थापना गर्न प्रविद्धता व्यक्त गरे ।



















प्रतिक्रिया