+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्स १३औं वर्षमा, १४९ शाखा विस्तार

mero microfinance
डबली खबर
६ महिना अगाडी

२७ कात्तिक, नुवाकोट । मेरो माइक्रोफाइनान्सले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालयसहित देशैभरका शाखा कार्यालयहरुमा पनि वार्षिक उत्सव मनाएको छ । कम्पनी स्थापनाको १३ वर्षअघि नुवाकोटको बट्टारमा राष्ट्रियस्तरको लघुवित्तको रुपमा स्थापना भएको थियो ।

कम्पनी सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत् १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पुर्याएको कम्पनीले बाह्रौ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ ।

त्यसैगरी हालसम्म रु. ३ अर्ब ९८ करोड बराबर निक्षेप संकलन गरी रु. १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, अटुट बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरुको भरोसा, कर्मचारीको अतुलनिय योगदान तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गदैं संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेकोमा खुसी ब्यक्त गरेका छन् ।

कम्पनीले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जादाँ पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र कम्पनीले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग, ७ वटा प्रदेशस्तरीय तथा १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउँछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ