+
Search

ताजा अपडेट +

पपुलर +

‘कुमारी’ लाई छात्रवृत्ति रकम हस्तान्तरण

डबली खबर
१० महिना अगाडी

१२ कात्तिक, काठमाडौं । विगतका वर्षहरूमा सङ्कलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम कुमारी बैंक लिमिटेडले जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम जम्मा गराउँदै आएको छ ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पु-याउनु रहेको जनाएको छ।

सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम सात लाख ३८ हजार ८११ रुपैँया छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ