३१ असोज, काठमाडौं । प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाबीच सम्झौता भएको छ ।
आरम्भमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।
प्रभु बैंकका तर्फबाट केन्द्रीय बजार प्रमुख लेखबहादुर पुन र आरम्भका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया