+
Search

ताजा अपडेट +

पपुलर +

सुजिम बजारमा ५० प्रतिशतसम्म विशेष छुट र उपहार योजना

sujim bazar dashain tihar discount and lucky draw scheme 2025
डबली खबर
७ महिना अगाडी

१४ असोज, नुवाकोट । दशैं-तिहार-छठमा सुजिम बजारमा विशेष छुट र उपहार योजना सुरु भएको छ ।

यस योजनाबाट सेवाग्राहीले कम्तिमा एक हजार रुपैँया बराबरको सामान खरिद गर्दा लक्की ड्रको लागि कुपन प्राप्त गर्न सकिने सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले बताए ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै सामान खरीदमा ५ देखि ५० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था समेत रहेको छ ।

कोलेनी र त्रिशूलीमा रहेको सुजिम बजारको यो योजना असोज ११ गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा कार्तिक १५ गते उपहारको घोषणा गरिने निर्देशक श्रेष्ठले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ