+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको तुलजा मन्दिरमा फूलपाती भित्र्याइयो

fulpati in Nuwakot
डबली खबर
७ महिना अगाडी

१३ असोज, विदुर । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ सोमबार फूलपाती भित्र्याइएको छ।

बिदुर नगरपालिका–२ मा रहेको तुलजा भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो।

नुवाकोटमा फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखिकै हो। वि.सं. १८०१ साल असोज १५ गते तेस्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहीले बताए।

सयौंको संख्यामा उपस्थित सर्वसाधारण सात तले दरबार परिसरबाट र्‍यालीसहित निस्केका थिए। फूलपाती लिन अशोकबाटिकास्थित धोवीधाराको चौतारामा पुगेका थिए। ल्याइएको फूलपाती लिएर तुलजा भवानीमा बाजागाजा गरिएको थियो।

सो अवसरमा तुलजा भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बली दिइएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकडीले मंगल सलामी दिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ