+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिकाद्वारा बजार अनुगमनलाई तीव्रता, उपभोक्ता हित सुनिश्चित

डबली खबर
८ महिना अगाडी


१० असोज, नुवाकोट। नेपालीहरुको चाड दशैँ पर्वलाई लक्षित गर्दै विदुर नगरपालिकाले उपभोक्ताको हित सुनिश्चित गर्न र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तरता दिएको छ।

सोही कार्यलाई निरन्तरता दिँदै आज शुक्रबार समितिका अन्य सदस्यहरूको उपस्थितिमा बजार निरीक्षण तथा अनुगमन कार्य सम्पन्न गरिएको हो ।

नगरपालिकाले बजारमा बिक्री-वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम, मूल्यसूची, तौल र व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने कार्यलाई नियमित बनाएको विदुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा अनुगमन समितिका संयोजक गणेश कुमार नेपालले बताए ।

अनुगमन वडा नम्बर १ को ढुङ्गे, त्रिशूली बजार, वडा नम्बर २ को बट्टार बजार, र वडा नम्बर ९ को कोलनी बजारका विभिन्न पसलहरूमा केन्द्रित थियो।

यस कदमले दशैँका बेला उपभोक्ताहरूले स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा सामान खरिद गर्न पाउने विश्वास नगरपालिकाले लिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ