+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा निषेधाज्ञा थप

DAO Nuwakot Office Building
डबली खबर
९ महिना अगाडी

२६ भदौ, नुवाकोट । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नुवाकोट प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

देशभर चलिरहेको ‘जेन-जी’ को प्रदर्शनले अप्रिय घटना हुनसक्ने भन्दै अहिले बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।

यस अवधिमा पाँच जनाभन्दा बढी मानिस भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन लगायतका विरोधका कार्यक्रम गर्न पाइने छैन।

अत्यावश्यक सेवाबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवार सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधनलाई भने निषेधाज्ञाको समयमा चल्न दिइने जनाएको छ।

हवाई टिकट भएका यात्रुलाई पनि आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रशासनले यो आदेशको पालना नगर्ने जोसुकैलाई प्रचलित कानूनअनुसार कारबाही गरिने पनि जानकारी गराएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ