६ भदौ नुवाकोट । विश्व गिनिज रेकर्डमा समेत नाम राख्ने उद्देश्यले नुवाकोटमा पनि ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको आयोजनामा तीन दिने बृहत रक्तदान महाअभियान सुरु गरेको छ ।
रक्तदान अभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।
बट्टारमा भएको रक्तदानमा विदुर नगरपालिकाका २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थ र ४ नम्बरका वडा अध्यक्ष निलमबाबु ढुङ्गेल गरी कुल ५६ जनाले रगतदान गरेका थिए । कार्यक्रममा ४६ जना र महिला १० जना जीवनदाताले रगतदान गरेका थिए ।
केन्द्रको मुख्य आयोजना नेपाल नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
रक्तदान भोलि भाद्र ८ गते ढुंगे र भाद्र ९ गते देवीघाटमा हुने उपसेवा केन्द्रले जनाएको छ ।
प्रजापिता ब्रह्माकुमारि ईश्वरीय विश्व विद्यालय अन्तर्राष्ट्रिय संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी डा: प्रकाशमणीको १८ औं पुण्य स्मृति दिवसको अवसरसा विश्वभरका केन्द्रहरुमार्फत् एक साथ रक्तदान कार्यक्रम सुरु गरिएको हो ।

प्रतिक्रिया