+
Search

ताजा अपडेट +

पपुलर +

बुधसिंघाट सहकारीद्वारा वृक्षारोपण

plantation
डबली खबर
८ महिना अगाडी

५ भदौ, नुवाकोट । विदुर नगरपालिका-३ बुधसिंघाटमा रहेको बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडले वृक्षारोपण गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, रास्वपाका केन्द्रिय सदस्य सुमन पाण्डे, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

“हाम्रो समुदाय जिम्मेवारी, वृक्षारोपण गरौँ हरियाली” भन्ने उद्देश्यका साथ शेराचौर तथा सार्वजनिकस्थल परिसरमा १५० भन्दा बढी आँप, कपुर, बरपिपललगायतको बिरुवा रोपिएको सहकारीका कोषाध्यक्ष दीपक अधिकारीले जानकारी दिए।

साथै, बिरुवालाई सुरक्षितको लागि तार जाली निर्माण गरिएको सहकारीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ