sujim bazar advert

मानक सम्बन्धी एक दिने तालिम तथा अन्तरक्रिया

डबली खबर     असार ७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

one day training and interaction program on NFRS NAS and Tax audit in Nuwakot
Big Education Consultancy Nuwakot

७ असार, नुवाकोट । विदुर कर परामर्श सेवाको आयोजनामा नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धी बट्टारमा एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

लेखामान बोर्डले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) २०२४ लागू गरेको यो नयाँ मानक २०८२ साउन १ गतेदेखि अनिवार्य रूपमा लागू हुँदैछ। उक्त मानकले बैंक, बीमा कम्पनी लगायतका संस्थाहरूको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखेको छ।

नुवाकोट र रसुवाका बैंक तथा वित्तीय संस्थामा कार्य गर्ने कर्मचारीहरुलाई सोहि मानकको जानकारी दिन कार्यक्रम गरिएको निर्देशक दिनेशकुमार श्रेष्ठले जानकारी दिए।

ज्ञानको चौतारी र नुवाकोट बैंकर्स क्लब सहआयोजना भएको कार्यक्रममा कर विज्ञ प्रविणराज काफ्ले नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धीबारे स्पष्ट परेका थिए ।

कार्यक्रम विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक र ऋण विभागका १३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top